रघुगंगा नदीमा आएको बाढीले स्काभेटर बगायो
म्याग्दी | असार १२, २०७९
म्याग्दी : म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले स्काभेटर बगाएको छ । शनिवार राती रघुगंगा नदीमा आएको बाढीले राहुघाट जलविद्युत आयोजनाका ड्याम साइटमा काम गरेर नदी किनारमा पार्किङ्ग गरि राखेको ठाउँमा कटान गरेर स्काभेटर बगाएको हो । ४० मेगावाट क्षमताको राहुघाट जलविद्युतको बाँध रघुगंगा ४ मा निर्माणधिन अवस्थामा छ ।
मुक्तिनाथ बगैचा निर्माण सेवाको ग १ क ५३३८ नम्बरको होन्डाई स्काभेटर नदीले बगाएर करिब २० मिटर तल पु¥याउँदा स्काभेटरको महत्वपूर्ण पाठपुर्जा र मेसिनमा ठूलो क्षति भएको कम्पनीका सञ्चालक श्यामनन्द शर्माले बताए । पार्किङको लागि बनाइएको ठाउँमा लगाइएको ग्याविन जाली बगाएर नदीको बाढीले डोजर बगाएको हो ।
चैत २७ देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ। विष्णुपादुका क्लब हेमजाले शनिवार १४ राष्ट्रिय हेमजा आलु महोत्सव मूल आ...
नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्...
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

